आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साउन १९ गतेबाट अदृश्य रिलिज हुने

साउन १९ गतेबाट अदृश्य रिलिज हुने

नागरिक पाटी

११, श्रावण २०८०
  • 4.7K
    SHARES
  • साउन १९ गतेबाट अदृश्य रिलिज हुने

    काठमाण्डौँ । अभिनेता प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म अदृश्य आगामी साउन १९ गतेबाट रिलिजमा आउने भएको छ। निर्माण समूहले फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको हो। प्रह्लाद काफ्लेको निर्माण र निर्देशनमा निर्माण भएको

    images

    फिल्मको सार्वजनिक पोस्टरमा अभिनेता प्रमोद अग्रहरीलाई लामो दाह्री, कपालमा हेल्मेट र हातमा पेस्तोलसहित भिन्न अवतारमा प्रस्तुत गरिएको छ। उनको लुक्सले दर्शकमाझ कौतुहलता पैदा गरेको छ। पोस्टरमा सोहित र रिस्तालाई कुनै अकल्पनीय घटना देखेर अचम्मित भएको भावमा प्रस्तुत गरिएको छ।

    पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रवीण खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सीएम भारद्वाज सुवेदी, विकेश प्रजापती, गीत विष्ट, सुरज विष्ट, जसिता घिमिरे, सन्दीपबाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत, प्रतीक भुजेललगायतका कलाकारले अभिनय गरेका छन्। आकाश उखेडाको कथा, पटकथा र संवाद, विशाल पौडेलको संगीत, संगीतकार पौडेल र सीमा संग्रौलाको गायन, शिशिर खातीको कोरियोग्राफी, उत्तम हुमागाईं र मोहनकुमार झिल्लुको छायांकन र बनिश शाहको सम्पादन रहेको फिल्ममा मीना बस्नेत निर्माता र सीएम भारद्वाज सुवेदी सहनिर्माता रहेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - ०९:०१:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology