काठमाडौं । लगातारको गिरावटपछि शेयर बजार सामान्य अंकले बढेको छ भने कारोबार रकम ह्वातै घटेको छ ।
साताको दोस्रो दिन नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको छ । गत सातादेखि ओरालो झरेको बजार आज सामान्य अंकले बढेको हो ।
सोमबार बजारमा ५५ लाख ३१ हजार ७३७ कित्ताको खरिदबिक्री हुदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १७५ रुपैयाँको कारोबार भएको छ । आइतबार मात्रै २ अर्ब ५० करोड बढिको कारोबार भएको थियो भने, आज कारोबार रकम ह्वातै घटेको छ ।