काठमाडौँ । सरकारले भारतबाट साढे छ लाख टन खाद्यान्न (चामल, धान र चिनी) आयात गर्न लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन छ लाख ५० हजार टन खाद्यान्न आयात गर्न लागेको हो ।
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने अभावलाई ध्यानमा राखेर गरेर आयात गर्न लागिएको हो । मन्त्रालयले एक लाख टन चामल, पाँच लाख टन धान आयात गर्न पत्राचार गरेको जनाएको छ ।
यस्तै ५० हजार टन चिनी आयातका लागि परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव राधिका अर्यालले साढे छ लाख खाद्यान्न आयात गर्न भारत सरकारलाई अनुरोध गरे पनि कति दिने भनेर निर्णय भइनसकेको उहाँले जानकारी दिनुभयो । बजारमा खाद्यान्नको आपूर्ति व्यवस्था सहज बनाउन भारतबाट धान, चामल र चिनी आयात गर्न लागिएको उहाँले जानकारी दिनुभयो । आजको गोरखापत्रमा खबर छ ।