आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा आज एकै दिन ९० जनामा डेंगु संक्रमण पुष्टि

धादिङमा आज एकै दिन ९० जनामा डेंगु संक्रमण पुष्टि

नागरिक पाटी

१, भाद्र २०८०
  • 3.9K
    SHARES
  • धादिङमा आज एकै दिन ९० जनामा डेंगु संक्रमण पुष्टि

    धादिङमा डेंगुको संक्रमण नियन्त्रण भन्दा बाहिर जाने स्थितिमा पुगेको छ । आज एकै दिन ९० जनामा डेंगु संक्रमण भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज नीलकण्ठ नगरपालिकामा ६६ जना, बेनीघाट रोराङ गाउँपालिकामा १५ जना, सिद्धलेकमा ४ जना, ज्वालामुखीमा २ जना, नेत्रावती डबजोङ, खनियाबास र रुवी भ्याली गाउँपालिकामा १र१ जना गरी ९० जनामा डेंगु पुष्टि भएको हो ।

    images

    साउन महिनाको अवधिमा ९२५ जना पुरुष र ९२० जना महिला गरी धादिङका १ हजार ८ सय ४५ जना संक्रमति भएका छन् । जसमध्ये नीलकण्ठ नगरपालिकामा मात्रै १ हजार ५ सय संक्रमित भएका छन् ।

    त्यसैगरी ज्वालामुखी गाउँपालिकामा ५७, बेनीघाट रोराङ ४७, सिद्धलेकमा ४२, त्रिपुरासुन्दरीमा २६, गंगाजमुनामा १७, खनियाबासमा १५, रुवीभ्यालीमा १२, गजुरीमा १२, नेत्रावती डबजोङमा ९, गल्छीमा ४ र धुनीबेशी नगरपालिकामा १ जना संक्रमित भएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०८० शुक्रवार - १८:३८:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology