आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमतीमा डेंगु संक्रमितको संख्या तीन हजार नाघ्यो, सबैभन्दा बढी धादिङमा

बागमतीमा डेंगु संक्रमितको संख्या तीन हजार नाघ्यो, सबैभन्दा बढी धादिङमा

शिवराज आचार्य

२, भाद्र २०८०
  • 10.8K
    SHARES
  • बागमतीमा डेंगु संक्रमितको संख्या तीन हजार नाघ्यो, सबैभन्दा बढी धादिङमा

    धादिङ। बागमती प्रदेशमा डेंगु संक्रमित संख्या तीन हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भदौ १ गते शुक्रबारसम्म प्रदेशका १३ जिल्लामा तीन हजार एकसय १९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

    images

    डेंगु संक्रमणका कारण धादिङ,मकवानपुर र चितवनमा एक–एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिनुभयो ।

    प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार धादिङमा २ हजार १३०, काठमाडौँमा २११, मकवानपुरमा १७७, ललितपुरमा १५८, चितवनमा १२८, भक्तपुरमा ११७, नुवाकोटमा ७१, रामेछापमा ३८, काभ्रेपलाञ्चोक ३५, सिन्धुलीमा २४, सिन्धुपाल्चोक र दोलखामा १२–१२ जनामा डेंगु पुष्टि भएको छ ।

    सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशमा शुक्रवार एक सय ३६ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २, २०८० शनिवार - १६:१०:०९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology