आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै

सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै

नागरिक पाटी

६, भाद्र २०८०
  • 3.7K
    SHARES
  • सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत देखाइँदै

    काठमाडौँ । दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) बन्ने भएको छ ।

    images

    निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गरेको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिए ।

    उनले भने, “अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गर्नुभएको मेहनतलाई सानै रूपमा भए पनि उहाँका प्रशंसकमाझ ल्याउँदैछौँ । यसमा उहाँको आवरण (लुक्स) सँगै पर्दा पछाडिका कामलाई पनि देखाएका छौँ ।” निर्देशक गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताए ।

    अभिनेता ताम्राकारले बर्दियाको छायाङ्कन तालिका पूरा गरेर काठमाडौँको सुरुआत गरेका थिए । प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकलाई श्रद्धाञ्जलि कार्यक्रममा चलचित्रको निर्माण समूहसँगै अभिनेता ताम्राकारका नजिकको साथीहरूको उपस्थितिमा हुने जानकारी दिए ।

    बर्दियाको छायाङ्कन तालिका सकिएसँगै काठमाडौँमा छायाङ्कनकै क्रममा अभिनेता ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए । चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका ताम्राकारको निर्देशक बन्ने योजना थियो ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - ०७:५३:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology