आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोटमा सुर्यज्योति लाईफ इन्स्योरेन्सको अभिकर्ता सम्मान

नुवाकोटमा सुर्यज्योति लाईफ इन्स्योरेन्सको अभिकर्ता सम्मान

नागरिक पाटी

१०, भाद्र २०८०
  • 19.8K
    SHARES
  • नुवाकोटमा सुर्यज्योति लाईफ इन्स्योरेन्सको अभिकर्ता सम्मान

    नुवाकोट । सुर्यज्योति लाईफ इन्श्योरेन्स कम्पनी नुवाकोट शाखाले गत आर्थिक बर्षको व्यवसायिक प्रगति समिक्षाका साथ उत्कृष्ट कार्य गर्ने अभिकर्ता तथा एजेन्सी मनेजरहरुलाई सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । होटल तामाङ प्लाजाको सभाहलमा सञ्चालित उक्त कार्यक्रममा उत्कृष्टताका आधारमा व्यक्तिगत कोड, आफ्नो टिम व्यवसाय र सबै भन्दा धेरै विमा पोलिसि विक्रि गर्ने अभिकर्ताहरुलाई खादा तथा शिल्डले सम्मान गरिएको हो।

    images

    कार्यक्रममा ५० भन्दा बढिको संख्यामा सफल अभिकर्ता तथा एजेन्सि मेनेजरहरुको सहभागीता रहेको थियो । कार्यक्रम प्रस्तुतिकरण शाखा प्रमुख शिबराम प्याकुरेलले गर्नुभएको थियो भने उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई खादा र शिल्ड बाट कम्पनिका क्षेत्रिय प्रवन्धक जयराम ढुंगानाले सम्मान गर्नुभएको थियो।

    कार्यक्रममा बोल्दै ढुंगानाले सुर्यज्योति लाईफ इन्श्योरेन्स नेपालमै सर्वाधिक ३५ प्रकारको घातक रोग बिरुद्ध सुरक्षा दिने १ एक मात्र कम्पनि , आईएसओ सर्टिफिकेट प्राप्त, उत्कृष्ट बोनस सुविधा भएको र ग्राहक सुविधामा उच्च प्राथमिकता रहेको कम्पनि भएको बताउनुभयो । उक्त कार्यक्रममा विदुर नगरपालिका वडा नं ९ का अध्यक्ष हरिराम भण्डारिले बिमालाई राज्यले सामाजिक सुरक्षाको कार्यक्रममा भित्र समेट्नु पर्ने धारणा राख्नु भयो भने एजेन्सि म्यानेजर रमेशजंग पाण्डेले अभिकर्ता पेशा ईज्जतदार, कानुनि मान्यता प्राप्त र समाजसेवाको कार्यगर्दै अगाडि बढ्ने पेसा भएको बताउनुभयो । कार्यक्रममा अतिथिहरुलाई शाखाका कार्य सञ्चालन प्रमुख सन्ध्या लामिछानेले स्वागत गर्नुभएको थियो ।

    केहि तस्बिर : 

    samman 4.jpg

    samman 5.jpg

    samman 2.jpg

    samman 3.jpg

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १५:०२:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology