आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो

डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो

नागरिक पाटी

१२, भाद्र २०८०
  • 5.2K
    SHARES
  • डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो

    काठमाडौं । डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा। गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा २० हजार १४५ जनामा पुष्टि भएको छ।

    images

    अहिलेसम्म १३ जना सङ्क्रमितको मृत्यु भएको डा. दाहालले जानकारी दिनुभयो। पछिल्ला कहीँ वर्षदेखि डेंगु सङ्क्रमण जनस्वास्थ्यको गम्भीर समस्याको रूपमा देखिँदै आएको छ।

    पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि सङ्क्रमण दैनिक बढ्दो छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ, ती फुल लार्भा बन्छन् र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेपछि डेंगु फैलिने चिकित्सक बत्ताउँछन्।

    यो वर्ष जुलाईबाट बढ्न थालेको डेंगु सङ्क्रमण सेप्टेम्बर महिनासम्म उच्च विन्दुमा पुग्ने केन्द्रले प्रक्षेपण गरेको छ। डेंगुको जोखिम कायम नै रहेकोले सचेत रहन चिकित्सकको सुझाव छ। पछिल्लो केही दिनदेखि काठमाडौँ उपत्यकामा पनि डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०८० मंगलवार - १९:३८:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology