आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

फष्टलुक्समा यस्तो देखियो ‘दिमाग खराब’

फष्टलुक्समा यस्तो देखियो ‘दिमाग खराब’

नागरिक पाटी

२१, भाद्र २०८०
  • 4.1K
    SHARES
  • फष्टलुक्समा यस्तो देखियो ‘दिमाग खराब’

    काठमाडौँ । आगामी कात्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘दिमाग खराब’ । दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल र सुमन कार्कीलगायतका कलाकारको अभिनय रहेको फिल्मको फष्टलुक पोस्टर सार्वजनिक भएको छ ।

    images

    प्रचार प्रसारको थालनीको रूपमा बिहीबार निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा कलाकारहरूको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । पोस्टरका कोही कलाकार निराश छन् , त कोही घाइते अवस्थामा देखिएका छन् । अभिनेत्री स्वस्तिमा भने विवाहित महिलाको रूपमा देखिएकी छन् ।

    ‘लुट’बाट सेलिब्रेटी बनेका निश्चल बस्नेतको निर्देशन रहेको फिल्म सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा बनेको हो । आकाश बरालको पटकथा, सुसन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको सङ्गीत तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।

    सुरज बम ठकुरी कार्यकारी निर्माता र रौनक विक्रम कँडेल निर्माता रहेको फिल्म जनता र शक्तिको कथामा केन्द्रित रहेको बताइएको छ ।

    निश्चल ‘लुट २’पछि निर्देशनबाट टाढा थिए । उनको सक्रियता अभिनय र गायनमा बढी देखिएको थियो । कोरोना महामारीभन्दा अघि उनले ‘जिन्दाबाद’ नाममा फिल्म बनाउने तयारी गरेका थिए । तर, बजेट ठुलो लाग्ने भएपछि उनले आँट गर्न सकेनन् । अन्ततः उनले आफ्नो दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ प्रदर्शन लगत्तै घोषणा गरेको ‘दिमाग खराब’ नाममै फिल्म बनाएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ११:१५:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology