आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हाइवे बचत तथा ऋण सहकारीको १७औं बार्षिक साधारण सभा सम्पन्न

हाइवे बचत तथा ऋण सहकारीको १७औं बार्षिक साधारण सभा सम्पन्न

शिवराज आचार्य

२३, भाद्र २०८०
  • 9.9K
    SHARES
  • हाइवे बचत तथा ऋण सहकारीको १७औं बार्षिक साधारण सभा सम्पन्न

    धार्के । धादिङको गल्छी ६ बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका कोषाध्यक्ष राम बहादुर अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।

    images

    375200409_1735913610202497_6089346716570810807_n.jpg

    वि.स २०६३ सालमा ४७ जनाबाट शुरुवात भएको यस सहकारीको शेयर पुँजी ३ करोड ९ लाख २० हजार ८ सय रहेको छ । ऋण लगानी २२ करोड १३ लाख ९५ हजार ५ सय ४८ रुपैयाँ, बचत रकम २२ करोड १८ लाख ९७ हजार ७ सय ४३ रुपैयाँ, जगेडा कोष ३ करोड १४ लाख १७ हजार ८३ रुपैयाँ,अन्य कोष २ करोड १३ लाख ४५ हजार ७ सय ८५ रुपैयाँ,तरलता ७ करोड ९२ लाख ९० हजार ५ सय ६५ रुपैयाँ, बचत (शुद्ध नाफा )९५ लाख ८४ हजार २ सय ८० रुपैयाँ रहेको सहकारीको जम्मा कारोवार रकम ३० करोड ९५ लाख ४३ हजार १८८ रुपैयाँ रहेको सहकारीका कोषाध्यक्ष राम बहादुर अधिकारीले बताए ।

    375442799_986422005990629_6082752141787895679_n.jpg

    संस्थामा अहिले ४६०५ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,वाल बचत कता, उत्कृष्ट कारोवार गर्ने बचत कता र उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको सहकारीका अध्यक्ष शिव बहादुर भण्डारीले बताउनु भयो ।

    375209088_253405190419516_3997421702725773705_n.jpg

    संस्थाका अध्यक्ष शिव बहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रमा वाग्मती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतित्यता रहेको थियो । त्यसै गरी कार्यक्रममा सहकारी अभियान्ता नेत्रराज पौडेल, गल्छी गाउँपालिका अध्यक्ष केदार नाथ खतिवडा,उपाध्यक्ष भाइकाजी तिवारी गल्छी र थाक्रेका वडा अध्यक्षहरु विभिन्न सहकारी सगं आवद्ध भएको व्यक्तिहरुको सहित २ हजार ५ सय भन्दा बढी सदस्यहरुको सहभागीता रहेको व्यवस्थापक ऋिशीराम नेपालले बताए।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - २१:३४:१९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology