आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती

आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती

नागरिक पाटी

२८, भाद्र २०८०
  • 4.9K
    SHARES
  • आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती

    नेपालमा पत्रकारिता शुरुआत गर्ने व्यक्तित्व एवम् राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    images

    विसं १९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उहाँको विसं १९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनु भएको छ ।

    नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको शुरुवात भएको हो ।

    राष्ट्रिय विभूतिसमेत रहेका भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो । तत्कालीन समयमा नेपाली साहित्यमा उहाँले गर्नु भएको योगदान अतुलनीय छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - ०८:०९:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology