आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

केवलपुर महिला साना किसान कृषि सहकारीको २१औं वार्षिक साधारण सभा

केवलपुर महिला साना किसान कृषि सहकारीको २१औं वार्षिक साधारण सभा

शिवराज आचार्य

३, आश्विन २०८०
  • 9.4K
    SHARES
  • केवलपुर महिला साना किसान कृषि सहकारीको २१औं वार्षिक साधारण सभा

    केवलपुर । केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.को २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    images

    379425682_1023959509019650_110982559300587249_n.jpg

    साविकको केवलपुरमा रहेको केवलपुर महिला साना किसान कृषि सहकारी संस्थाले बुधबार बार्षिक साधारण सभा मनाएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका अध्यक्ष अप्सरा अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।

    वि.स २०५८ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी २ करोड १७ लाख १३ हजार रहेको छ । निक्षेप रकम ८ करोड २८ लाख ९० हजार, ऋण लगानी २२ करोड ७३ लाख १४ हजार, ऋण असूली १८ करोड ४८ लाख १२ हजार, र कुल ल र र २८ करोड ३२ लाख ९६ हजार रहेको सहकारीका लेखा समितिका संयोजक रिता भुजेलले जानकारी दिनु भयो ।

    संस्थामा अहिले २०३ वटा समुह तथा ११६० जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष अधिकारीले बताउनु भयो ।

    379527148_1367774724087638_5166635251290441487_n.jpg

    कार्यक्रमा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, पुर्व उपाध्यक्ष अम्बिका रुपाखेती,थाक्रे वडा नम्बर ९ का अध्यक्ष श्यामचन्द्र आचार्य, १० का अध्यक्ष गोकुल लामिछाने, जिल्ला सहकारी संघका अध्यक्ष राम चन्द्र आचार्य,वडा सदस्यहरु, भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, गोगनपानी साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष बद्रि प्रसाद रुपाखेती,मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उर्मिला रुपाखेती,विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - २०:१०:२२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology