धादिङको गल्छि ६ बैरेनीमा भएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल सक्सेस एकेडेमीको आयोजना र नेपाल रेडक्रस सोसाइटी बैरेनी शाखाको सहआयोजनामा भएको कार्यक्रममा १६ महिला तथा ३९ जना पुरुष गरी ५५ जनाले रक्तदान गरेको सक्सेस एकेडेमीका प्रबन्ध निर्देशक रामचन्द्र अर्यालले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको उक्त कार्यक्रमलाई विभिन्न समुह तथा सँस्थाहरुले पनि सहयोग गरेका छन् । रक्तदान कार्यक्रमलाई सहयोग गर्नेमा सफल कलेज, स्वाभिमान बचत तथा ऋण सहकारी संस्था, सक्सेस स्काउट ट्रुप र सक्सेस एकेडेमी बाल समूह रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल सक्सेस एकेडेमीको संयोजक आशिका लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतित्थ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति दुर्लभ तामाङ, बैरनी अस्पतालका प्रमुख डा. सुनिल यादव, गल्छी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दीपककुमार कार्कीको विशेष आतित्यथा रहेको थियो ।
कार्यक्रममा आयोजकको तर्फबाट नेपाल रेडक्रस सोसाइटी बैरेनी शाखाका सभापती केशव रिमाल, उपसभापती पार्वती खतिवडा, सक्सेस एकेडेमीका प्रबन्ध निर्देशक रामचन्द्र अर्याल, प्रशासन प्रमुख रमेश अधिकारी, प्रिन्सिपल जगतप्रसाद रिजाल, रेडक्रससँग सम्बन्धित सम्पूर्ण व्यक्तिहरु, दाता शिक्षक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको मिडिया सहयोगीको रुपमा रेडियो राजमार्ग र नागरिक पाटी डटकम रहेको थियो ।