धार्के, धादिङ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको नवज्योती बचत तथा ऋण सहकारी लि.को १७औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका अध्यक्ष अर्जुन आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

वि.स २०६३ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी २ करोड ४१ लाख १३ हजार ९ सय, बचत रकम १४ करोड २९ लाख ४ हजार ८ सय ७० रुपैयाँ,ऋण लगानी १३ करोड ४२ लाख १ हजार ६१ रुपैयाँ,बैंकमा जम्मा ६ करोड ३७ लाख ९४ हजार ९ सय ९९ रुपैयाँ,जम्मा अम्दानी २ करोड ३४ लाख ९५ हजार २ सय ५४ रुपैयाँ, खुद आम्दानी रकम ९० लाख ८१ हजार ६ सय ८३ रुपैयाँ र जगेडाकोष ४ करोड ४४ लाख ६२ हजार २ सय ९ रुपैयाँ रहेको सहकारीको करोबार जम्मा २१ करोड २६ लाख ९ हजार ६ सय ६९ रुपैयाँ रहेको सहकारीका कोषाध्यक्ष केशव प्रसाद रेग्मीले बताए।
संस्थामा अहिले २१३३ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,वाल बचत कता, उत्कृष्ट कारोवार गर्ने बचत कता, बृद्ध बचत लगायतलाई सम्मान समेत गरेको सहकारीका अध्यक्ष आचार्यले बताउनु भयो ।

साधारण सभाले संस्थाका सचिव कृष्ण कुमार हमालको प्रगती प्रतिवेदन, कोषाध्यक्ष केशव प्रसाद रेग्मीको वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समतिका संयोजक गणेश कुमार रेग्मीको लेखा प्रतिवेदन र महिला उप समिति संयोजक पार्वती रेग्मीको महिला उप समिति प्रतिवेदन समेत पारित गरेको छ ।

कार्यक्रमा धुनिवेशी नगरपालिकाका उपप्रमुख सुरज उप्रेती, धुनिबेशी नगर सहकारी संघका अध्यक्ष बासुदेव बास्कोटाको विशेष आतिथ्यता रहेको थियो भने धुनिबेशी वडा नं ८ का अध्यक्ष रामकृष्ण रेग्मी, थाक्रे वडा नं १० का अध्यक्ष गोकुल प्रसाद लामिछाने, थाक्रे वडा नं ८ का सदस्य राजकुमार गुरुङ, हाइवे बचत तथा ऋण सहकारी संस्थका प्रवन्धक ऋषिराम नेपाल, धादिङ वचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गोकर्ण दुवाडी, विभिन्न बैंकका शाखाका प्रमुखहरु लगायत संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।