आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा

इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा

नागरिक पाटी

२२, आश्विन २०८०
  • 4.2K
    SHARES
  • इजरायलमा ज्यान गुमाएका नेपालीको शोकमा भोलि राष्ट्रिय शोकको घोषणा

    काठमाण्डौ । इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

    images

    आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

    यस्तै बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

    इजरायलमा गएको शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट 'इन्टर्न' मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - १८:४४:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology