आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैरेनीको सक्सेस एकेडेमीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

बैरेनीको सक्सेस एकेडेमीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

नागरिक पाटी

१४, कार्तिक २०८०
  • 6.5K
    SHARES
  • बैरेनीको सक्सेस एकेडेमीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

    धादिङको गल्छी गाउँपालिका वडा नं ६ मा रहेको सक्सेस एकेडेमीको प्राङ्गणमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

    images

    यही कात्तिक १६ गते तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं र सक्सेस एकेडेमी बैरेनीको आयोजनामा एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको सक्सेस एकेडेमीले बताएको छ।

    शिविरमा मोतिया विन्दुको समस्या देखिएका बिरामीहरुलाई कात्तिक १७ गते बिहान ११ बजे सक्सेस एकेडेमी देखि काठमाडौँ लान,१८ गते शल्यक्रिया गर्ने र १९ गते घर फर्कने व्यवस्था मिलाईएको एकेडेमीका प्रिन्सिपल जगत रिजालले जानकारी दिनु भएको छ। 

    विरामीलाई खाने, बस्ने र उपचारको खर्च आयोजकलले नै व्यहोर्ने गरी मोतियाबिन्दुको निःशुल्क उपचार गराईने सक्सेस एकेडेमीका प्रिन्सिपल रिजालको भनाइ छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - ०८:०९:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology