आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बैरेनीको सक्सेस एकेडेमीमा निःशुल्क आँखा शिविर सञ्चालन, १५० भन्दा बढिले लिए सेवा

बैरेनीको सक्सेस एकेडेमीमा निःशुल्क आँखा शिविर सञ्चालन, १५० भन्दा बढिले लिए सेवा

नागरिक पाटी

१६, कार्तिक २०८०
  • 5.7K
    SHARES
  • बैरेनीको सक्सेस एकेडेमीमा निःशुल्क आँखा शिविर सञ्चालन, १५० भन्दा बढिले लिए सेवा

    धादिङ गल्छी गाउँपालिका वडा नं ६ मा बैरेनीमा रहेको सक्सेस एकेडेमीमा एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । सक्सेस एकेडेमीको आयोजना र तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

    images

    1.jpg

    बिहिबार आयोजना गरिएको निःशुल्क आँखा शिविरमा १५० जना भन्दा बढिले सेवा लिएका छन् । निशुल्क आँखा शिविरबाट १५० जना भन्दा बढिले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएको सक्सेस एकेडेमीले बताएको छ ।

    sucess 123.jpg

    चेकजाँचका क्रममा निःशुल्क औषधी वितरण गर्नुका साथै १७ जनाको आँखामा समस्या देखिएकोले उनीहरुलाई आँखाको अप्रेसनका लागि काठमाडौँ तिलगंगा आँखा प्रतिष्ठानमा लगेर थप उपचार गरिने सक्सेस एकेडेमीका निर्देशक रामचन्द्र अर्यालले बताए । अप्रेशनका लागी काठमाडौँ रिफर गरिएका १७ जनालाई जाने आउने व्यवस्था सहित खानपान र बस्ने व्यवस्था निः शुल्क निर्देशक अर्यालको भनाई छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - २२:२४:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology