आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हाइवे बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन

हाइवे बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन

शिवराज आचार्य

२१, कार्तिक २०८०
  • 5.0K
    SHARES
  • हाइवे बचत तथा ऋण सहकारी संस्थाको रक्तदान कार्यक्रममा १०५ युनिट रगत संकलन

    बैरेनी,धादिङ। धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा आज मंगलबार रक्तदान कार्यक्रम भएको छ।

    images

    हाइवे बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ९४ जना पुरुष र ११ जना महिला गरी १०५ जनाले रक्तदान गरेको हाइवे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रिसि राम नेपालले बताए।

    399624338_888662232935266_4738546939636554789_n.jpg

    रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्रको धादिङको प्राविधिक सहयोग रहेको थियो। धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । जिल्लामा रगतको अभावलाई न्युनीकरण गने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष शिव बहादुर भण्डारीले बताए ।

    संस्थामा अहिले ४७ सय ७९ जना शेयर सदस्य रहेका छन् भने ३१ करोडको हाराहारीमा सहकारीले कारोबार गरेको व्यवस्थापक नेपालको भनाई छ ।

    कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, धादिङ रेडक्रसका सभापति दुर्लब कुमार तामाङ,संस्थाका अध्यक्ष शिव बहादुर भण्डारी,सदस्यहरु,कर्मचारी स्थानिय नागरिक लगायतकोे सहभागीता रहेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - १८:२६:३४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology