महादेवबेशी,धादिङ । धादिङको थाक्रे गाउँपालिकाको कार्यालय आफ्नै नव निर्मित प्रशासनिक भवनबाट सञ्चालनमा आएको छ ।
स्थानिय तहको घोषणा भएदेखि महादेवबेशी बजारमा भाडाको घरबाट सञ्चालन हुँदै आइरहेको गाउँपालिका आज आईतबार विशेष पुजा आरधना गरेर नव निर्मित प्रशनसनिक भवनबाट कार्य सुआरम्भ गरिएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताउनु भएको छ।
प्रशासनिक भवन नहुँदा व्यक्तिको घर भाडामा लिएर सेवाहरु प्रवाह गर्दै आएको पालिकाले अब आफ्नै सुविधा सम्पन्न भवनबाट नागरिकलाई आबश्यक पर्ने सेवा सुविधा दिन सजिलो हुने पालिका अध्यक्ष आचार्यको भनाई छ ।
महादेवबेशी बजारबाट ३०० मिटर दक्षिण तर्फ बनेको सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको प्रशासनिक सेवा प्रवाह हुने भएपछि थाक्रे गाउँपालिकाका वासिन्दाले खुसी व्यक्त गरेका छन् ।
६ रोपनी क्षेत्रफलमा तिन तले सुविधा सम्पन्न भवन करिब ५ करोड ६३ लाखको लागतमा २०७७ जेष्ठमा सुरु भई २०८० असारमा निर्माण कार्य सम्पन्न भएको पालिकाका प्राविधिक पवन सुवेदीले बताउनु भएको छ ।
साविकको थाक्रे,तसर्पू,भूमेस्थान,केवलपुरका सबै भूभाग र गोगनपानी गाविसको ५,६,७ र ८ वडालाई समेटेर २०७३ साल फागुनमा थाक्रे गाउँपालिका बनेको हो। यस पालिकामा ११ वटा वडा रहेका छन्। त्यसै गरी गाउँपालिकाले भोलिबाट दिने सेवामा टोकन सिस्टम लागु गर्ने निर्णय समेत गरेको छ ।
तस्विरहरु :









