आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साना किसान कृषि सहकारी छत्रेदेउरालीले मनायोे २७औं वार्षिक साधारण सभा

साना किसान कृषि सहकारी छत्रेदेउरालीले मनायोे २७औं वार्षिक साधारण सभा

शिवराज आचार्य

९, मंसिर २०८०
  • 8.1K
    SHARES
  • साना किसान कृषि सहकारी छत्रेदेउरालीले मनायोे २७औं वार्षिक साधारण सभा

    महेशफाँट, धादिङ । साना किसान कृषि सहकारी संस्था लि.छत्रेदेउरालीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । धुनिवेशी वडा नम्बर २ को महेशफाँटमा रहेको साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा मनाएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका अध्यक्ष रञ्जना पाठकले प्रस्तुत गर्नु भएको थियो ।

    images

    IMG_0531.JPG

    वि.स २०४१ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी २ करोड ८८ लाख ८४ हजार ८ सय ९० रुपैया रहेको छ । लगानीमा रहेको रकम २२ करोड १३ लाख ३२ हजार ८ सय २२ रुपैयाँ,समुह बचत ४ करोड ५ लाख ४७ हजार ८ सय ४४ रुपैयाँ, ऋण लगानी १२ करोड ९१ लाख ७६ हजार ३ सय, ऋण असुली ११ करोड ५४ लाख ८७ हजार २ सय ५ रुपैयाँ रहेको सहकारीको कुल पुँजी दायित्व जम्मा २६ करोड ८९ लाख ३२ हजार २ सय ७४ रुपैंया रहेको सहकारीका प्रबन्धक राजु लामा तामाङले जानकारी दिनु भयो ।

    IMG_0495.JPG

    संस्थामा अहिले १९९ वटा समुह तथा १६८६ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विदामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष पाठकले बताउनु भयो ।

    IMG_0480.JPG

    कार्यक्रमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको प्रमुख आतिथ्य रहेको थियो । धुनिवेशी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मान बहादुर तामाङ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. गजुरी शाखाका सूर्य अधिकारी,जीवनपुर साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष राजेशकुमार रुचाल, कल्लेरीे साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष रमेश खतिवडा,विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

    IMG_0452.JPG

     

    images
    images
    images
    प्रकाशित मिति :मंसिर ९, २०८० शनिवार - १७:४७:१७ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology