आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस्तो छ रास्वपाको राजनीतिक मार्ग

यस्तो छ रास्वपाको राजनीतिक मार्ग

नागरिक पाटी

१३, मंसिर २०८०
  • 3.5K
    SHARES
  • यस्तो छ रास्वपाको राजनीतिक मार्ग

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने प्रतिबद्धतासहित वैचारिक कार्यदिशा तय गरेको छ। मंगलबारदेखि महोत्तरीको जलेश्वरमा जारी संयुक्त बैठकमा रास्वपाको औपचारिक राजनीतिक मार्ग ‘बहुलवादी लोकतान्त्रिक’ सहितको प्रस्तावना पारित गरेको हो ।

    images

    “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,” रास्वपाले पारित गरेको प्रस्तावनामा भनिएको छ, “यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्णलोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।”

    रास्वपाले शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरु संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य संचालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गरेको छ । सबैप्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्वोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइने प्रतिवेदनमा जनाइएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १३, २०८० बुधवार - २०:१७:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology