आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत

कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत

नागरिक पाटी

१५, मंसिर २०८०
  • 3.6K
    SHARES
  • कृषि जग्गामा महिलाको पहुँच ३४.४ प्रतिशत

    काठमाडौं कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको पाइएको छ।

    images

    राष्ट्रिय कृषिगणना २०७८ अनुसार कृषिमा आबद्ध ६२ प्रतिशत घर परिवारमध्ये लैङ्गिक स्वामित्वको आधारमा कृषि जग्गाको स्वामित्व वा हक सुरक्षित गर्ने महिलाको हिस्सा ३४.४ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले बताएको छ।

    लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक परिवारका कुल वयस्क पुरुषमध्ये ४२.९ प्रतिशत पुरुषको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित रहेको तथ्याङ्कले देखाएको छ।

    बिहीबार ललितपुरमा कृषि जग्गाको स्वामित्वमा रहेको पुरुष र महिलाबिचको असमानताको विषयमा पहिलो पटक गरिएको तथ्याङ्क सङ्कलन सार्वजनिक गर्दै यस्तो बताएको हो।

    त्यस्तै, कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क कृषि जनसङ्ख्या ३१.४ प्रतिशत रहेको छ। यस्तो तथ्याङ्क प्रदेशगत हेर्दा सबैभन्दा बढी ३४.६ प्रतिशत गण्डकी र सबैभन्दा कम २९ प्रतिशत कर्णाली प्रदेशमा रहेको राष्ट्रिय कृषिगणना २०७८ ले देखाएको छ।

    प्रदेशगत रूपमा वयस्क पुरुष र महिलाको कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित सबै भन्दा बढी बागमतीमा ४७.६ प्रतिशत र सबैभन्दा कम ४०.१ प्रतिशत मधेश प्रदेशमा रहेको देखिएको छ।

    केन्द्रीय तथ्याङ्क कार्यालयमा सह–सचिव हेमराज रेग्मीले लैङ्गिक विश्लेषणको दृष्टिकोणले कृषक महिला र पुरुषको सङ्ख्या कति भनेर छुट्टै तथ्याङ्क सङ्कलन गरिएको बताउनुभयो।

    उहाँले दुई सय भन्दा बढी तथ्याङ्कमध्ये कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबिचको असमानताको विषयमा पहिलो पटक राष्ट्रिय कृषिगणना २०७८ का तथ्याङ्कलाई हेरेर वितरण सार्वजनिक गरिएको बताउनुभयो।

    उहाँले नेपालको कृषि पेसामा लाग्ने महिलाहरू मध्ये ३४.४ प्रतिशतको मात्रै स्वामित्वमा जग्गा रहेको बताउनुभयो। उहाँले यो तथ्याङ्कले नेपालमा कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबिचको असमानता अझै देखिएको बताउनुभयो। उहाँले ५० प्रतिशत महिला र ५० प्रतिशत पुरुषको स्वामित्वमा जग्गा रहेका भए महिला पुरुषबिचमा जग्गा स्वामित्वमा समानता रहेको भन्न सकिने भएपनि करिब ३५ प्रतिशत मात्रै रहेकाले समानता नदेखिएको बताउनुभयो।

    त्यस्तै,केन्द्रीय तथ्याङ्क कार्यालयका सचिव तोयम रायले जमिनमा महिलाको पहुँच ५० प्रतिशत पुर्‍याउन सक्नुपर्ने बताउनुभयो। उहाँले विश्वका विकसित मुलुकमा पनि महिलाको जमिनमा पहुँच ५० प्रतिशत नरहेको बताउनुभयो। उहाँले दक्षिण एसियामा कृषि जग्गाको स्वामित्वमा पुरुष र महिलाबिचको असमानताको विषयमा तथ्याङ्क सङ्कलन गर्ने देशमा पहिलो पटक परेको बताउनुभयो। उहाँले सन् २०३० सम्ममा ४० प्रतिशत महिलाको पहुँचमा जमिन पुर्‍याउने सरकारको लक्ष्य रहेको बताउनुभयो।

    उहाँले जग्गाको स्वामित्व महिलाको नाममा गर्दा सरकारले अझ सहुलियत दिँदै जाँदा सन् २०३० सम्ममा ४० प्रतिशत जमिन महिलाको पहुँचमा पुग्ने विश्वास रहेको बताउनुभयो। गोरखापत्रबाट

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०८० शुक्रवार - ०८:५८:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology