आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल महिला संघको आयोजनामा बृहत् शिविर सम्पन्न

नेपाल महिला संघको आयोजनामा बृहत् शिविर सम्पन्न

नागरिक पाटी

२५, मंसिर २०८०
  • 8.8K
    SHARES
  • नेपाल महिला संघको आयोजनामा बृहत् शिविर सम्पन्न

    नेपाल महिला संघ केन्द्रीय कार्यालयको आयोजनामा सञ्चालित बृहत् स्वास्थ्य शिविर संघको केन्द्रीय कार्यालय भापासीमा सम्पन भएको छ । लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियानको लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मूल नाराको साथ महिलाको स्तन क्यान्सर, मधुमेह तथा रगत परीक्षण सम्बन्धि जाँच लगायत सचेतनामूलक कार्यक्रममा सहयोगी पार्टनरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहेको थियो ।

    images

    कार्यक्रममा मेडिकल टीमका पाँचजना डाक्टरहरुको टीमले १०२ जना महिला पुरुषको स्वास्थ्य जाँच गरेका थिए ।

    स्वास्थ्य जाँच गरेपछि महिलाहरुको स्तन क्यान्सरको बारेमा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रम सञ्चालनको क्रममा बोल्नुहुदै नेपाल महिला संघकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहकी बुहारी एवम् नेपाली काँग्रेस काठमाडौंकि नेतृ सिर्जना सिंहले मङ्सिर २५ गते मङ्गला आमाको जन्मजयन्ती परेको हुँदा मङ्गला माँले स्थापना गरेको संस्थाले महिलाहरुको स्तन क्यान्सर जस्तो भयानक रोगबाट कसरी बँच्न र बँचाउन सकिन्छ भन्ने सचेतनामूलक अभियानले स्वयं आफू कसरी क्यान्सरबाट बँच्न सकिदो रहेछ भन्ने कुरा जानकारी पाउँदा खुशी प्रकट गर्दै स्वर्गीय मङ्गला माँ प्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

    त्यस्तै नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उषा रावल मिश्रले छोटो समयमा वृहत् स्वास्थ्य शिविर राख्न सफल भएकोमा सहयोगी हातहरु राष्ट्रिय वाणिज्य बैंक, आस्था हेल्थ होम केयर, ग्रामीण महिला सचेतना कल्याण सेवा केन्द्रलाई कार्यक्रम सफल बनाउन सहयोग गर्नुभएकोमा धन्यवाद दिएकी गिइन् । साथै नेपाल महिला संघ केन्द्रीय कार्यसमितिका साथीहरुले आउँदा दिनहरुमा पनि रचनात्मक र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्ने कार्यहरु अघि सार्ने निर्णय गरेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - ०९:४७:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology