आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशमा सिलवाल र धादिङमा दुवाडी सर्वसम्मत

राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशमा सिलवाल र धादिङमा दुवाडी सर्वसम्मत

नागरिक पाटी

२८, मंसिर २०८०
  • 3.4K
    SHARES
  • राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशमा सिलवाल र धादिङमा दुवाडी सर्वसम्मत

    सल्यानटार । राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेश र धादिङ जिल्ला शाखाको अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । प्रदेश समितिमा धादिङका नारायण सिलवाल र धादिङ जिल्ला शाखाको अध्यक्षमा मनिष दुवाडी सर्वसम्मत पुनस् निर्वाचित भएका छन् ।

    images

    बुधबार धादिङको सल्यानटारमा सम्पन्न प्रदेश समितिको दोस्रो अधिवेशनले उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल, सचिवमा रामेछापका कुमार श्रेष्ठ, कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल, सहसचिवमा नुवाकोटकि केरिना शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।

    प्रदेश समितिको सदस्यहरुमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा, सिन्धुलीकी अनु परियार, सिन्धुलीकै उद्दव श्रेष्ठ निर्वाचित भएका छन् ।

    त्यस्तै धादिङ जिल्ला शाखाको तेस्रो अधिबेशनले अध्यक्षता श्रेष्ठसहित उपाध्यक्षमा अनिल नेपाली, सचिवमा शिवराज आचार्य, सह-सचिवमा सीता सापकोटा(शितल) र कोषाध्यक्षमा गजेन्द्र तामाङ निर्वाचित भएका छन् । सदस्यहरुमा मनिष श्रेष्ठ, बिनोद तमु, दिलिप श्रेष्ठ र प्रभु खड्का चयन भएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - १७:५८:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology