चरैदी,धादिङ । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रतिनिधी सभा धादिङ क्षेत्र न.१ का सांसद राजेन्द्र प्रसाद पाण्डेले धादिङमा निर्माणाधिन चरैदी खोलाको मोटरेबल पुल र स्यादुल जाने सडकको स्थलगत निरिक्षण गरेका छन् ।

शुक्रबार धादिङ आएका पाण्डेले निर्माणाधिन बेनिघाट रोराङ गाँउपालिका वडा नं. ६ र ७ को सिमानामा निर्माणघिन चरैदीखोला पुलको स्थलगत निरिक्षण गरेका हुन् ।

निरिक्षणका क्रममा पाण्डेले पक्कि पुल र चरैदी बजारबाट स्यादुल जाने सडक निर्माणको कामलाई समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीका प्रतिनिधी निर्देशन समेत दिएका छन् ।निरिक्षणका क्रममा सांसद पाण्डेसंगै जनप्रतिनिधी र स्थानियहरु समेत उपस्थित भएका थिए ।

चरैदी स्यादुल सडक अन्तर्गत चरैदी खोलामा पुल निर्माणको लागि भद्रकाली निर्माण सेवाले जिम्मा पाएको छ । उक्त कम्पनीले करिव ३ करोड रुपैँयामा निर्माण सम्पन्न गर्ने गरि जिम्मा पाएको कम्पनीका प्रबन्ध निर्देशक राम प्रसाद शार्मा कंडेलले बताए । आगामी वर्ष २०८० साल चत्रै मसान्त भित्र पुल निर्माण सक्नुपर्ने छ । ३० मिटरको उक्त पुलमा फुटपाथ लगायतका सँरचना पनि निर्माण हुनेछन् ।
