आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज विवाहपञ्चमी: जनकपुरधाममा धुमधामकासाथ मनाइँदै

आज विवाहपञ्चमी: जनकपुरधाममा धुमधामकासाथ मनाइँदै

नागरिक पाटी

१, पौष २०८०
  • 2.9K
    SHARES
  • आज विवाहपञ्चमी:  जनकपुरधाममा धुमधामकासाथ मनाइँदै

    जनकपुरधाम । आज मङ्सिर शुक्ल पञ्चमी अर्थात् विवाहपञ्चमी, प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा धुमधामसँग मनाइँदैछ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ भक्तजन आइपुगेका छन् ।

    images

    गएको मङिसर २६ गतेदेखि शुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधाम उल्लासमय बनेको छ । हरेक वर्ष मंसिरशुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ ।

    त्रेता युगमा मङ्सिरशुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिलाको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाउने गरिन्छ । विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत्रूपमा विवाहपञ्चमी महोत्सव समापन गरिन्छ ।

    हिजो जानकी मन्दिरबाट बाजगाजाकासाथ हजारौँ साधुसन्तसहित मैथिली महिलाको लावालस्करले जनकपुरधामको प्रसिद्ध गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर लगेका थिए । आज राम र सीताको डोला बीचमा स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिनुभयो ।

    दुवै कार्यक्रमको तयारी पूरा भएको र भारतको अयोध्याबाट जन्तीका रूपमा आउने साधुसन्त र स्थानीय सबै क्षेत्रका व्यक्तिको सहभागिता रहने पनि उहाँले बताउनुभयो । विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको छ ।

    जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार पारिएको छ । रङ्गभूमि मैदान ९बाह्रबिघा० मा गएको सोमवारदेखि बनाउन शुरु गरिएको सीतारामको प्रतिमा अस्ति बेलुका सम्पन्न भएको थियो । प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन् । 

    प्रतिमा आज र भोलि पनि हेर्न पाइनेछ । जनकपुरधाममा आवश्यक सुरक्षाको व्यवस्थापन पनि मिलाइएको छ । विवाह पञ्चमीका लागि नेपालका विभिन्न ठाउँ र भारतको उत्तर प्रदेश र बिहार राज्यलगायतबाट नागरिक आउने गर्छन् । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १, २०८० आइतवार - ०८:०४:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology