आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

किन मनाइन्छ क्रिसमस ?

किन मनाइन्छ क्रिसमस ?

नागरिक पाटी

९, पौष २०८०
  • 3.2K
    SHARES
  • किन मनाइन्छ क्रिसमस ?

    क्रिश्चियन धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ आज मनाइँदै छ । हरेक वर्ष अंग्रेजी क्यालेण्डर अनुसार २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले यो पर्व मनाउने गर्दछन् ।

    images

    यस दिन उपहारहरू साटासाट गरिँदै, क्रिसमस रूख सिँगार्दै, भोज आयोजना गरी गिर्जा घरहरूमा गएर क्रिसमस मनाइन्छ । क्रिसमस सुरु हुनु केही दिनअघि देखिनै विभिन्न किसिमका गिफ्ट तथा क्रिसमस ट्रीहरु सजाएर राख्ने गरिएको पाइन्छ ।

    क्रिसमस विश्वभरका इसाई धर्मावलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने एक पर्व हो । क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि सुरुवात हुन्छ ।

    क्रिसमसको कथा

    आजभन्दा करिब २ हजार वर्षअघि बाइबलमा उल्लेख भए अनुसार रोम शासन थियो । रोमको शासनबाट बचाउनका लागि जिसस क्राइस्ट धर्तीमा अवतरण गरेका थिए ।

    जिससको जन्म हुने दिन म्यारी र जोसेफ बेथलेहतिर जाँदै थिए । त्यसबेला बेथलेहम निकै भिड भएको कारणले उनीहरूले त्यस रातका लागि घोडाको तबलामा बसे । त्यहीँ जिससको जन्म भयो त्यो दिन थियो २५ डिसेम्बर । यही कथालाई आधार मानेर ‘क्रिसमस डे’ मनाइन्छ ।

    यस दिन घरलाई झिलिमिली बनाइन्छ । शान्त क्लजले उपहार लिएर ढोकामा छाडिदिने कथन छ । यस पर्वको खास विशेषता भनेको क्रिसमस ट्री, शान्त क्लज, उपहार नै हो । यतिबेला रातो पृष्ठभूमिमा सेतो फेरो भएको क्रिसमस ह्याट र लुगा लगाउने गरिन्छ ।

    क्रिसमस ट्रीको महत्व

    यस पर्वमा क्रिसमस ट्रीको विशेष महत्व छ । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यस बेला मेला नामको रूख सजाएर जाडो पर्व मनाइन्थ्यो ।

    एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए । यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ९, २०८० सोमवार - ०८:१७:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology