शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तमु ल्होसार मनाइँदै, सार्वजनिक बिदा

तमु ल्होसार मनाइँदै, सार्वजनिक बिदा

नागरिक पाटी

१५, पौष २०८०
  • 3.5K
    SHARES
  • तमु ल्होसार मनाइँदै, सार्वजनिक बिदा

    गुरुङ समुदायले आज नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व भव्यरुपमा मनाउँदै छन्। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागतका रुपमा ‘तमु ल्होसार’ पर्व मनाउने गरिन्छ। गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा ल्होसारको रौनक विशेष हुने गर्छ।

    images
    images

    ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ।

    सरकारले आज सार्वजनिक विदा पनि दिएको छ। ‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरुले शुभकामना सन्देश जारी गरेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १५, २०८० आइतवार - ०८:५७:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology