आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हिमालयन रिलाई थप सफलता, भारतबाट पनि पुनर्बीमा व्यवसाय गर्न अनुमति प्राप्त

हिमालयन रिलाई थप सफलता, भारतबाट पनि पुनर्बीमा व्यवसाय गर्न अनुमति प्राप्त

नागरिक पाटी

५, माघ २०८०
  • 4.5K
    SHARES
  • हिमालयन रिलाई थप सफलता, भारतबाट पनि पुनर्बीमा व्यवसाय गर्न अनुमति प्राप्त

    हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतको बिमा क्षेत्रको नियामकीय निकाय आईआरडीएआईले एफआरएन नम्बर पाएको छ। सो नम्बर पाएसँगै कम्पनीले भारतबाट पुनर्बीमा व्यवसाय लिन कानुनी बाटो खुलेको छ।

    images

    कम्पनीका अनुसार आईआरडीएआईले मंगलबार रिलाई स्वीकृति दिएको हो। ‘स्थापनाको छोटो समयमा नै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तारको अनुमति प्राप्त गरी दक्षिण एसियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमा कम्पनी बन्न सफल भएको छ’ हिमालयन रिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    हिमालयन रिइन्स्योरेन्सले केही साताअघि मात्रै सर्वसाधारणमा सार्वजनिक सेयर निष्कासन प्रक्रिया पूरा गरेर स्टक मार्केटमा कम्पनी सूचीकृत भएको छ। स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीसँग आवश्यकताअनुसार हिमालयनले पुनर्बीमा ब्रोकरको रूपमा पनि सेवा लिनदिने काम गर्दै आएको छ।


    images
    images
    images
    प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - १७:३८:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology