शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नवौं धादिङ महोत्सवको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने, र्‍याफ्टिङ र कृषि मुख्य आकर्षण

नवौं धादिङ महोत्सवको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने, र्‍याफ्टिङ र कृषि मुख्य आकर्षण

शिवराज आचार्य

८, माघ २०८०
  • 4.5K
    SHARES
  • नवौं धादिङ महोत्सवको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने, र्‍याफ्टिङ र कृषि मुख्य आकर्षण

    धादिङ । धादिङ उद्योग वाणिज्य संघले नवौं धादिङ महोत्सव गजुरी गाउँपालिका वडा नम्बर ५ को गलौँदी स्थित त्रिशुली किनारमा माघ १० गतेदेखि २१ गतेसम्म आयोजना गरेको छ । उक्त महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् ।

    images
    images

    ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूलनारासहित सुरुहुने महोत्ससव उद्घाटन सुरुहुनु अघि माघ १० गते गजुरी बजारबाट बाजागाजा सहित जातिय पहिचान भल्कने भेषभूषा सहितको र्‍याली निकालिने अध्यक्ष विष्णु थपलियाले जानकारी दिनु भएको छ ।

    २४० स्टल रहने नवौं धादिङ महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पु¥याउने रहेको अध्यक्ष थपलियाको भनाई छ । घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर र्‍याफ्टिङ हुनेछ भने स्थानी उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिने धादिङ उद्योग वाणिज्य संघले बताएको छ।

    कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन, महोत्सव अवधिभर रमाइलो मेला,विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान गरिने आयोजकले बताएको छ। महोत्सवमा फेन्सी तथा लत्ताकपडा, होटल व्यवसाय, कृषिजन्य उत्पादन लगायतको व्यापार हुने आँकलन गरिएको छ। मेला अबधिभर कृषि तथा र्‍याफ्टिङका बारेमा विशेषज्ञहरुबाट जानकारी गराइने छ ।

    dhading.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०८० सोमवार - १८:१८:३९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology