शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नवौ धादिङ महोत्सवको तयारी अन्तिम चरणमा, महोत्सव भोली देखि सुरु

नवौ धादिङ महोत्सवको तयारी अन्तिम चरणमा, महोत्सव भोली देखि सुरु

नागरिक पाटी

९, माघ २०८०
  • 4.8K
    SHARES
  • नवौ धादिङ महोत्सवको तयारी अन्तिम चरणमा, महोत्सव भोली देखि सुरु

    धादिङ । नवौं धादिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आज बेलुका सम्म सम्पूर्ण तयारी पुरा हुने मेला आयोजक धादिङ उद्योग बाणिज्य संघले जानकारी दिएको छ ।

    images
    images

    धादिङ गजुरी गाउँपालिका वडा नम्बर ५ को गलौँदी स्थित त्रिशुली किनारमा माघ १० अर्थात भोली देखि सुरु हुने मेला २१ गतेसम्म सञ्चालन हुने छ। महोत्सवको उद्धघाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलले गर्नुहुने भएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारा सहित सुरु हुने महोत्ससमा भोली गजुरी बजारबाट बाजागाजा सहित जातिय पहिचान भेषभूषा झल्कने गरी र्‍याली निकालिने तयारी समेत गरिएको छ ।

    स्थानिय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गरिएको महोत्वसमा २ सय ४० वटा स्टल रहनेछन् । घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर र्‍याफ्टिङ हुनेछ भने स्थानी उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिने धादिङ उद्योग वाणिज्य संघले बताएको छ। महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पु¥याउने उदेश्य रहेको छ ।

    कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन, महोत्सव अवधिभर रमाइलो मेला,विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान गरिने आयोजकले बताएको छ। महोत्सवमा फेन्सी तथा लत्ताकपडा, होटल व्यवसाय, कृषिजन्य उत्पादन लगायतको व्यापार हुने आँकलन गरिएको छ। मेला अबधिभर कृषि तथा र्‍याफ्टिङका बारेमा विशेषज्ञहरुबाट जानकारी गराइने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - १२:०४:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology