शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धरानका मेयर हर्क साम्पाङले पनि बहिष्कार गरे मतदान

धरानका मेयर हर्क साम्पाङले पनि बहिष्कार गरे मतदान

नागरिक पाटी

११, माघ २०८०
  • 3.6K
    SHARES
  • धरानका मेयर हर्क साम्पाङले पनि बहिष्कार गरे मतदान

    धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् ।

    images
    images

    राष्ट्रियसभा निर्वाचनअन्तरगत कोशी प्रदेशको राजधानी विराटनगरमा मतदान भइरहेको छ । यसअघि काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् । हेटौंडामा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मेयर बालेन शाह नजाने उनको सचिवालयले जानकारी दिएको छ ।

    बालेनले पनि कार्यव्यस्तताको कारण देखाउँदै मतदान बहिस्कार गरेका हुन् । बालेन नियमित वडाध्यक्षहरूसँग भेटघाटसहितका कार्यक्रममा व्यस्त छन् ।

    राष्ट्रिय सभाको १९ सिटका लागि अहिले मतदान जारी रहेको छ । सातै प्रदेशमा जारी मतदानमा ५१ जना उम्मेदवार मैदानमा छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - १४:३२:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology