आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सिनेमा

रमित ढुंगानाको फिल्ममा केपी ओलीले अभिनय गर्ने

रमित ढुंगानाको फिल्ममा केपी ओलीले अभिनय गर्ने

नागरिक पाटी

१५, माघ २०८०
  • 3.9K
    SHARES
  • रमित ढुंगानाको फिल्ममा केपी ओलीले अभिनय गर्ने

    अभिनेता रमित ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्पा ओलीले पनि अभिनय गर्ने भएका छन्। उनी प्रधानमन्त्रीको भूमिकामा फिल्ममा देखिन लागेका हुन्।

    images

    एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणामा ओली प्रमुख अतिथिका रुपमा उपस्थित थिए। फिल्म मुहूर्तमा पहिलो दृश्यको निर्देशन ओलीले गरेका थिए।

    अभिनेता ढुंगानाले बायोपिक फिल्मका रुपमा ‘नमेटिने घाउ’बाट निर्देशनको यात्रा समेत सुरु गर्दै छन्। रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाउन लागिएको छ। फिल्ममा शिवम् अधिकारीको कथा, ओम सुनारको संगीत रहेको छ।

    फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पनि रहनेछन्।

    त्यसैगरी फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायत रहेका छन्।

    यो फिल्म एसिड आक्रमणका घटना भएका ठाउँहरूमा पनि छायांकन गर्ने तयारी छ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १५, २०८० सोमवार - १२:१३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology