स्वावलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय धादिङबेशीले दुई दिने बार्षिक केन्द्र प्रमुख अन्तरक्रिया तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । निलकण्ठ नगरपालिका वडा नम्बर ४ को सदस्य तथा केन्द्र नम्बर उनान्चालिसको प्रमुख बबिता शाह ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका निमित्त कार्यालय प्रमुुख कृष्ण कुमार श्रेष्ठले लघुबित्तले आर्थिक आय आर्जनमा मात्र नभइ उनिहरुको परिवारको शैक्षिक स्तर लाई अझै सुुदढ बनाउनतर्फ ध्यान दिनुुपर्ने बताउनुु भयो ।
प्रमुुख अथिति समेत रहनुभएका श्रेष्ठले बित्तिय चेतनामा कमि भई कर्जा समेत दुुरुपयोग हुुने गरेकाले बित्तीय साक्षरतालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सुुझाव दिनुुभयो । उहाँले आगामी दिनमा पनि यस संस्थाले वित्तीय पहुँच कम भएका क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्दै लैजानेपर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै ईलाका कार्यालय ठिमीका प्रमुख कृष्ण खनालले संस्थाको हालको अवस्था बताउँदै समाजमा केहि व्यक्तिहरु हात धोएर लघुवित्तको बिरोध गरे पनि त्यसको औचित्य नरहेको बताउनुु भयो । साथै सदस्यहरु लाई कुनै किसिमको हल्लाको पछि नलागी बित्तिय कारोवार चुुस्त दुुरुस्त राख्न समेत आग्रह गर्नुुभयो । साथै संस्थाले हाल सम्म गरेको प्रगति तथा भावि रणनितीको बारेमा प्रष्ट पार्दै स्वावलम्बन लघुबित्त वित्तीय संस्थाले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको आर्थिक तथा सामाजिक विकासमा ठुलो योगदान पु¥याएको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख रमेश प्रसाद पोख्रेलले शाखा कार्यालयको स्थापना देखि हालसम्मको अबस्थाको बारेमा र बचत तथा कर्जाको बारेमा, लघुबित्तको दोहोरोपनाको बारेमा जानकारी गराउँदै सहभागिहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा बार्षिक केन्द्र मुल्याङ्कनका आधार प्रथम, दित्तीय र तृतिय हुुने केन्द्रहरुलाई क्रमश नगद पाँच हजार, चार हजार, तिनहजारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । साथै गत आर्थिक बर्षमा एसईईमा उत्कृष्ट नम्बर ल्याउने दुईजना बिध्यार्थीलाई जनहि नगद रु दश हजार साथै प्रमाण पत्र प्रदान गरिएको थियो । बिभिन्न केन्द्रमा आबद्ध १६० जनाभन्दा बढि महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।