आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशीका दुई वटा क्लिनिकलाई कारबाही

धुनिवेशीका दुई वटा क्लिनिकलाई कारबाही

नागरिक पाटी

१७, माघ २०८०
  • 14.1K
    SHARES
  • धुनिवेशीका दुई वटा क्लिनिकलाई कारबाही

    धादिङमा बजार अनुगमन फेरी तीव्र बनेको छ । दशै तिहार जस्ता पर्वहरुमा खाद्यान्न र होटल व्यवसायको अनुगमनलाई तीव्र पारेको जिल्ला अनुगमन समितिले अहिले स्वास्थ्य संस्था र भेटेनरीहरुको अनुगमनलाई तीव्र पारेको हो ।

    images

    कानून विपरित हुन सक्ने गतिविधि रोक्न सम्बन्धित विशेषज्ञसहितको उपस्थितिमा अनुगमन गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।

    अनुगमनको क्रममा धुनिवेसी नगरपालिका–१ भञ्ज्याङ पोखरीमा संचालित धुनिवेसी स्वास्थ्य क्लिनिक प्रालि र धुनिवेसी फार्मेसीलाई दश दश हजार जरिवाना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीका अनुसार लाइसेन्स नभएको व्यक्तिले औषधी विक्रि गरेको, प्रतिवन्धित औषधी विक्रि गरेको र आवश्यक कागजपत्र विना नै संस्था संचालन गरेको र म्याद गुज्रिएको औषधी विक्रि गर्न राखेको पाइएकोले उपभोक्ता संरक्षण ऐन बमोजिम कार्वाही गरिएको छ ।

    अनुगमन समितिले भेटेनरी औषधी पसलहरुमा भने विगतमा भन्दा सुधार आएको जिल्ला भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख सन्दिप सिलवालले बताए ।

    अनुगमन समितिले अहिले धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा पर्ने धुनिबेसी, थाक्रे, गल्छी, गजुरी र बेनिघाटमा अनुगमन गरिरहेको छ । जिल्लाका गाउँ गाउँमा समेत पुगेर अनुगमन गर्ने योजनासहित अनुगमनलाई तीव्र पारिएको अनुगमन समितिले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १६:५७:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology