आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

माण्डु हाइड्रोपावरको नाफा ११ प्रतिशत बढ्यो

माण्डु हाइड्रोपावरको नाफा ११ प्रतिशत बढ्यो

नागरिक पाटी

१९, माघ २०८०
  • 3.2K
    SHARES
  • माण्डु हाइड्रोपावरको नाफा ११ प्रतिशत बढ्यो

    माण्डु हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ११.७७ प्रतिशत बढेको छ ।

    images

    कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १५ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा १७ करोड ५ लाख रुपैयाँ कमाएको छ ।

    कम्पनीको बिक्री आम्दानी सामान्य घट्दा पनि वित्तीय खर्च नियन्त्रण भएपछि नाफामा वृद्धि देखिएको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ४१ करोड ५२ लाख रुपैयाँको बिजुली बिक्री गरेको छ । गत वर्षको सोही अवधिमा ४३ करोड २७ लाखको बिजुली बेचेको थियो ।

    कम्पनीको फाइनान्सियल लागत ९खर्च० गत वर्षको दोस्रो त्रैमासमा १५ करोड रहेकोमा अहिले १२ करोडमा झरेको छ । कम्पनीको सेयर पूँजी १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ बराबर छ ।

    कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ७९ पैसा छ । हाल यस कम्पनीको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा ६८४ रुपैयाँ छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - ०९:४०:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology