आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भ्यालेन्टाइन सप्ताहको पहिलो दिन आज 'रोज डे', यस्तो छ इतिहास !

भ्यालेन्टाइन सप्ताहको पहिलो दिन आज 'रोज डे', यस्तो छ इतिहास !

नागरिक पाटी

२४, माघ २०८०
  • 5.9K
    SHARES
  • भ्यालेन्टाइन सप्ताहको पहिलो दिन आज 'रोज डे', यस्तो छ इतिहास !

    फेब्रुअरी महिना प्रेमको महिना हो। आजबाट ७ दिन प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन्। "रोज डे" भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो। यो दिन जोडीहरूले एकअर्कालाई गुलाबको फूल दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिएर पनि मनाउने गर्छन्।

    images

    ुरोज डेु मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ। पुस्तक, चलचित्र, गीत र इतिहासमा समेत गुलाबलाई प्रेमको प्रतीक मानिएको छ। भ्यालेन्टाइन सप्ताहको सुरुवात गुलाफ दिएर हुन्छ। भिक्टोरियन र रोमीहरूले पनि गुलाबले आफ्नो प्रेम व्यक्त गर्थे भन्ने विश्वास गरिन्छ।

    हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस ९भ्यालेन्टाइन डे० मनाइने चलन छ । त्यसअघिका ६ दिन अर्थात भ्यालेन्टाइन सप्ताहमा पहिलो दिन फेब्रुअरी ७ रोज डे, फेब्रुअरी ८ प्रपोज डे, फेब्रुअरी ९ चकलेट डे, फेब्रुअरी १० टेडी डे, फेब्रुअरी ११ प्रमिस डे, फेब्रुअरी १२ हग डे, फेब्रुअरी १३ किस डे र फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाइन्छ।

    यस्तो छ इतिहास

    विशेषतः युवायुवतीबीच प्रख्यात छ, प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ। तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो। त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए। सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे। उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो। त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।

    आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेबु्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो। जसले प्रेमका लागि जीवन उत्र्सग गरे।

    जब भ्यालेन्टाइन मारिने निश्चित भयो, उनले आफ्नो श्रीमती जुलियाको नाममा पत्र लेखे। पत्रको अन्तिममा उनले तिम्रो भ्यालेन्टाइन लेखेका थिए। उनको चिहान वरपर उनकी श्रीमतीले अल्मोन्डको बिरुवा रोपेकी थिइन्। अल्मोन्डको बिरुवालाई आज पनि प्रेमको प्रतीकको रूपमा लिइन्छ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २४, २०८० बुधवार - ०९:३९:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology