आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अनन्त प्रेम

अनन्त प्रेम

अन्जना अधिकारी

७, फाल्गुण २०८०
  • 8.9K
    SHARES
  • अनन्त प्रेम

    केलाई चाहीयो गुलाफ र उपहार
    तिमीले दिएको मायामा नै रमाउन सक्छु !!

    images

    केहि गर्न नसकुँला तर तिमीलाई
    मुस्कुराई रहने बनाउन सक्छु !!

    अभाब,अप्ठेरो र मुस्किल परीस्थितिमा
    हातमा हात मिलाई सघाउन सक्छु !!

    तिम्रो जिन्दगी फलाउन फूलाउन
    हरेक रुपमा आफूलाई जगाउन सक्छु !!

    निस्वार्थ प्रेमको यो तिम्रो साथमा
    नखाएरै पनि टन्न अघाउन सक्छु !!

    हिड्दै जाँदा ठेस लागी हाल्यो भने
    ढुक्क होउ उत्तिखेरै मलम लगाउन सक्छु !!

    घुर्कायौ भने पनि रिसायौ भने पनी
    प्रियसी बनी तिम्रो फकाउन सक्छु !!

    पानीको फोहोरा झै होइन हाम्रो सम्बन्ध
    पूरा जिन्दगी शीरभरी सजाउन सक्छु !!

    के हो र यो एकदिनको प्रणय दिवस
    जुगौँजुग प्रेमको बाढी बगाउन सक्छु !!

    अन्जना अधिकारी, थाक्रे गाउँपालिका ०८, धादिङ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०८० सोमवार - ०९:०४:२८ बजे

    अन्जना अधिकारी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology