आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ संचार सहकारीको अध्यक्षमा बद्रि अधिकारी

धादिङ संचार सहकारीको अध्यक्षमा बद्रि अधिकारी

नागरिक पाटी

१६, फाल्गुण २०८०
  • 4.2K
    SHARES
  • धादिङ संचार सहकारीको अध्यक्षमा बद्रि अधिकारी

    धादिङ । पत्रकारहरुद्धारा संचालित धादिङ संचार सहकारी संस्था लि. को १०औं बार्षिक साधारण सभाबाट आगामी तीन बर्षका लागि बद्रि अधिकारीको अध्यक्षतामा सर्वसम्मतबाट नयाँ संचालक समितिको चयन गरिएको छ ।

    images

    संस्थाको १० औं वार्षिक साधारणसभा बुधबार ससाहमा सम्पन्न भएको हो । साधारण सभाबाट संचालक समितिको उपाध्यक्षमा शिवराज आचार्य र मनिष दुवाडी, महासचिवमा अर्जुन श्रेष्ठ, सचिवमा निरमाया गुरुङ (डोल्मा) र कोषाध्यक्षमा रेख बहादुर गुरुङ सर्वसम्मत भएका छन् । त्यस्तै सदस्यहरुमा अर्चिता उप्रेती, सन्दिप घिमिरे,राजाराम डंगोल,निर तामाङ र गणेश पाण्डे चयन भएका छन् ।

    साधारण सभाले विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ । जस अनुसार लेखा समितिको संयोजकमा सन्तोषराज श्रेष्ठ सदस्यहरुमा लक्ष्मी भुजेल र सन्तोष अधिकारी रहेका छन् । सहकारी संस्थामा हालसम्म ५९ जना सदस्यहरु रहेका छन् । सहकारीले धादिङका पत्रकारहरुको हक हित तथा सहकारी व्यवस्थापन सम्बन्धी विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०८० बुधवार - २१:३२:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology