धादिङको गल्छी गाउँपालिका वडा -६ बैरेनीका संगीतकार रामकुमार रिमालले रारा राष्ट्रिय म्युजिक अवार्ड– २०८० मा आधुनिक गीततर्फ सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन् ।
रिमाललाई ‘पूरा भए ती सारा सपना वर्षौँदेखि साँचेको’ बोलको गीतका लागि रारा राष्ट्रिय म्युजिक अवार्ड प्रदान गरिएको हो ।
रेन्जेन लामाको शब्दमा रहेको उक्त गीतलाई रिमालले संगीत दिएका हुन् भने चर्चित गायक राजेशपायल राईले स्वर दिएका छन् । रिमालले हालै ‘पराइकी रानी’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।