आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आज महाशिवरात्रि पर्व : पशुपतिनाथकै दर्शन किन ?

आज महाशिवरात्रि पर्व : पशुपतिनाथकै दर्शन किन ?

नागरिक पाटी

२५, फाल्गुण २०८०
  • 3.9K
    SHARES
  • आज महाशिवरात्रि पर्व : पशुपतिनाथकै दर्शन किन ?

    आज २०८० साल फागुन २५ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च ८ तारिख। महाशिवरात्रि पर्व। पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ।

    images

    शिवको अर्थ हुन्छ, कल्याण। भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ। त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्, तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन्।

    जस्तो कृष्ण भगवान जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान शिवको प्रिय दिन महाशिवरात्रि।

    व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन्। महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।

    शिवप्रिया रात्रिः शिवरात्रिः

    शिवरात्रिको महत्व व्याधाको कथासँग जोडिएको छ। मृग मार्न गएको व्याधाले मृग पर्खाइमा अज्ञानवश चढाएको बेलपुष्पले नै मोक्ष प्राप्त गरेकाले यस दिनको विशेष महत्व रहेको राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराईले बताए।

    कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो। शिवरात्रिको पर्वलाई पर्वको राजा भनिन्छ। शिवरात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ। यस दिन शिवार्चनका साथै रात्रि-जागरणको विशेष महत्व भएकोले कल्याण चाहने साधकहरुले रातभर जाग्रामसहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय मान्यता छ। भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो। महाशिवरात्रिको यस दिन व्रतोपवास गर्ने साधकले शिव लाई शीघ्र प्रसन्न पार्न सक्दछ भन्ने विश्वास छ।

    शिवरात्रिका दिन नै ब्रह्माले रूद्ररुपी शिवजी लाई उत्पन्न गरको मान्यता राखिन्छ। यसै दिन शिव पार्वतीको विवाह भएको थियो। यसै दिन भगवान शिवले ज्योतिर्लिंग स्वरुपमा उत्पन्न भई ब्रह्मा र विष्णु लाई दर्शन दिएका थिए।

    निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूग्धाभिषेक र शिव महिमा, कीर्तन, शिवरात्रिको पूजाअर्चनाका मुख्य अंग मानिन्छन्। शिवरात्रिको पालना गर्नाले भुक्ति र मुक्ति दुवै प्राप्ति हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

    पशुपतिनाथकै दर्शन किन ?
    महाशिवरात्रिमा देशभरका शिवालयमा दर्शनार्थीको ठूलो घुइँचो लाग्छ। तर विशेषरुपमा काठमाडौंको पशुपतिनाथमा दश लाख बढी दर्शनार्थी देश विदेशबाट आउँछन्। यस वर्षको महाशिवरात्री सोमबार परेको, सबै तिथि, करण, योग मिलेको हुनाले यो वर्ष अझ बढी श्रद्धालु भक्तजनको उपस्थित हुने अपेक्षा गरिएको छ।

    पशुपति नाथकै दर्शन किन गर्ने त रु पशुपतिनाथकै विषयमा विद्यावारिधि गरेका पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा। गोविन्द टण्डन भन्छन्, ‘४ धाम घुमिसकेपछि पशुपतिको दर्शन गरेर मात्र तीर्थयात्रा पूरा हुन्छ। त्यसैले पनि पशुपतिकै दर्शन गर्न देशका विभिन्न स्थान र विदेशबाट पनि दर्शनार्थी आउँछन्।’ टण्डनको भनाइमा पशुपतिनाथको दर्शनले पशुत्वभाव नष्ट हुन्छ भन्ने मान्यता छ। पशु भाव हटेर चेतनाको जागृत हुने भएकाले मानिसहरु पशुपति नाथको दर्शन गर्छन्।

    फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्री त भगवान पशुपतिनाथकै प्रिय दिन, व्रतहरुको राजा नै भएको चाड भएकाले पनि सबै हिन्दुले महत्वपूर्ण दिनका रुपमा लिन्छन्।

    पूजा गर्ने विधि
    भगवानको दर्शन कामना लिएर मात्र गरिन्न। व्रत अपेक्षासाथ गरिएको छ भने साधकले विहान उठेर नुहाउनुपर्छ। सकिन्छ निराहार सकिँदैन फलाहार गरेर षोडषोपचार विधिबाट पूजा गर्नुपर्छ। शिवस्त्रोत्र पाठ, ध्यान, जप, शिवकिर्तन, महिमागान गर्ने वा ‘नमः शिवाय’ नामक पञ्चाक्षरी मन्त्र मात्रको जपले पनि शिव प्रसन्न हुनुहने र इच्छित कामना पूर्ण हुने उपप्राध्यापक पौडेलले बताए।

    पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घिउले, सद्योजात लिंगोद्भव मूर्तिलाई महले र तत्पुरुष मूर्तिलाई शर्कराले स्नान गराइन्छ। मध्यरात शिवधुनी जगाइन्छ।

    शिवधुनी नै किन ?
    शिवरात्रिका दिन शिवधुनीमा साधकहरु मन्त्रमुग्ध हुन्छन्। व्रतालुले रातभर जाग्राम बस्नुपर्ने शास्त्रीय मान्यता छ। व्रत बस्नेले राति जाग्राम बसेपछि मात्र व्रत पूर्ण हुने भएकाले साधक रातभर जाग्राम बस्नुपर्ने उपप्राध्यापक पौडेले बताए। शिवरात्रिको दिन कम्तीमा तीन प्रहरसम्म शिवको पूजा गरिछ। ४(४ घण्टाको फरकमा पूजा गर्ने शास्त्रीय विधि छ। शास्त्रमा यस्तो लेखिएको छ–

    फाल्गुणे कृणपक्षस्य या तिथिः स्याच्चतुर्दशी।
    तस्यां या तामसी रात्रिः सोच्यते शिवरात्रिका।।
    ज्योतिषशास्त्रका अनुसार फागुन कृष्ण चतुर्दशी तिथिमा चन्द्रमा सूर्यको नजिक हुन्छ। अतः त्यसै समय जीवनरुपी चन्द्रमाको शिवरुपी सूर्यसँग योग ९मिलन० हुन्छ। यस चतुर्दशीमा शिवपूजा गर्नाले जीवलाई अभिष्टतम पदार्थको प्राप्ति हुन्छ। तर रात्रिमा जाग्राम बस्ने नाममा विष, भांग धतुरो खाएर लट्ठ हुने बानी भने धर्मका नाममा भित्रिएको विकृति हो।

    यसरी भयो प्रारम्भ
    पद्मकल्पको प्रारम्भमा ब्रह्मा र विष्णुका बीचमा को भन्दा को ठूलो रु भन्ने विषयमा विवाद भयो। विवाद बढ्दै जाँदा युद्ध हुने क्रममा ब्रह्माले पाशुपत र विष्णुले माहेश्वर अस्त्र लिई युद्ध गर्न लागे। त्यसै समय दुवैका बीचमा भगवान् शंकर अनादि, अनन्त, ज्योतिर्मय स्तम्भको रुपमा प्रकट भए। पुराणमा भनिएको छ( ‘शिवलिंगतयोद्भूतः कोटिसूर्यसमप्रभः।’ त्यसपछि ती दुवै अस्त्र शान्त भई त्यही ज्योतिर्लिंगमा लीन भए। यो लिंग निराकार ब्रह्मको प्रतीक हो।

    दुवैले त्यस लिंगको पूजा गरीसकेपछि भने, ‘हे भगवान, जब हामीले त यसको आदि र अन्तको पत्ता लगाउन सकेनौँ भने पछि मानवहरुले पूजा कसरी गर्नेछन् रु यति भनेपछि कृपानिधान भगवान् शिव द्वादश ज्योतिर्लिंगको रुपमा विभक्त भए। त्यसदिनदेखि आजसम्म ज्योतिर्लिंगको पूजा निरन्तर रुपमा चल्दै आएको छ।

    पशुपतिनाथ त हरेक हिन्दुले एक पटक दर्शनको कामना गरेरै विश्वबजारबाट आउने गरेको डा। टण्डनले स्पष्ट पारे। हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ। यस दिन भक्तजनहरुले कसैले दूध पनि चढाउँछन्। हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्वक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ। भगवान शिवको लिंगमा शुद्ध जल, गाईको दूध, मह, फलफूल तथा बेलको पात चढाएमा आत्मा शुद्ध तथा पवित्र हुन्छ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २५, २०८० शुक्रवार - ०५:५०:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology