आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कान्तिलोकपथ आज देखि ४५ दिनका लागि बन्द

कान्तिलोकपथ आज देखि ४५ दिनका लागि बन्द

नागरिक पाटी

१, चैत्र २०८०
  • 3.6K
    SHARES
  • कान्तिलोकपथ आज देखि ४५ दिनका लागि बन्द

    हेटौंडा । हेटौंडा–काठमाण्डौं ओहोरदोहोर गर्ने कान्तिलोकपथ आज देखि ४५ दिनका लागि बन्द भएको छ । कान्ति राजमार्ग आजदेखि दिउँसोको समयमा ४५ दिनसम्म बन्द हुँदैछ ।

    images

    ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आउँदो वैशाख १५ गतेसम्म कान्ति राजमार्ग बन्द हुन लागेको कान्ति राजमार्ग सडक योजनाका ईञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।

    यो सडक ललितपुरको टीकाभैरवबाट तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्छ । उहाँका अनुसार काल्चे खण्ड बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड अन्तर्गत झण्डै डेढ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान काट्ने निर्णय भएसँगै काम सुरु भएको र काम सक्न ४५ दिन लाग्ने योजनाको अनुमान छ ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा फागुन १६ गते बसेको बैठकले कान्ति राजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका गाडीलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । वि.सं २०१३ मा शिलान्यास गरिएको काठमाण्डौलाई हेटौँडासँग जोड्ने सडक मार्गको पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईञ्जिनियर महर्जनले बताउनुभयो ।

    यो सडक ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्ति राजमार्गको हेटौँडा बुद्धचोकबाट ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०८० बिहिवार - ११:२४:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology