आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोटमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना निर्माण हुँदै

नुवाकोटमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना निर्माण हुँदै

नागरिक पाटी

३, चैत्र २०८०
  • 3.3K
    SHARES
  • नुवाकोटमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना निर्माण हुँदै

    नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढाउन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ । नदी प्रवाहमा आधारित ९आरओआर० आयोजनाका मुख्य–मुख्य संरचना गुप्तेश्वर गाउँपालिका वडा नम्बर-१ स्थित खोलाको दायाँ किनारमा रहने छन् ।

    images

    आयोजनाले विभागमा पेस गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन रिपोर्टमा स्थानीयका तर्फबाट रायसुझाव भए ३५ दिनभित्र पेस गर्न आग्रह गरेको हो ।आयोजनाको प्रवर्द्धक कम्पनी एबीपी इनर्जी प्रालि रहेको छ । कम्पनी सञ्चालक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०का महासचिव बलराम खतिवडाले आयोजना निर्माणको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको बताए । आयोजना निर्माणमा अवरोध नभएमा २०८३ चैत्रभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।प्रस्तावित जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा कुनै उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा विभाग वा एबीपी इनर्जी प्रालिको कार्यालयमा लिखित प्रतिक्रिया दिन आह्वान गरिएको छ ।

    विद्युत् विकास विभागका अनुसार आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयबाट २०७९ फागुन ३० मा स्वीकृत भएको थियो । तादी घ्याङफेदी जलविद्युत् आयोजनाले तादी खोलाको २.२५ घनमिटर प्रति सेकेण्ड पानी र ४४६ मिटर ग्रस हेडको प्रयोग गरी ८ मेगावाट विद्युत् उत्पादन गर्नेछ । आयोजनाबाट वार्षिक ४९.७६ गिगावाट आवर (सुक्खायाममा १६.१७ गिगावाट आवर र वर्षायाममा ३३.५९ गिगावाट आवर) विद्युतीय ऊर्जा उत्पादन हुनेछ ।आयोजनाबाट उत्पादित विद्युत् आयोजनाको स्विचयार्डमा जडान गरी ५ किलोमिटर लामो ३३ केभी सिंगल सर्किट प्रसारण लाइनबाट नुवाकोटकै समुन्द्रटारमा रहेको सबस्टेसनमा जडान गरिने छ । आयोजनाका लागि आवश्यक पर्ने पानी फर्काउन तादी खोलामा २२ मिटर लम्बाइ र ४ मिटर उचाइको बाँध निर्माण गरिने छ । १९.६ मिटर लम्बाइ, १६.२ मिटर चौडाइ, २१.७७ मिटर उचाइको विद्युत् गृहमा ४/४ मेगावाट क्षमताका २ वटा टर्बाइन रहने छन् ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - १७:१५:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology