राजकुमार नेपाली
स्वावलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय बिदुर नुवाकोटले बित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । “घरघरमा उद्यम फैलाऔँ गरिबिलाई शुुन्य बनाऔँ” भन्ने मुुलनारा सहित केन्द्र प्रमुख साबित्री कार्कीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिदुर नगरपालिका सहकारी बिभाग प्रमुख नानिमैँया नेपालले लघुबित्तले आर्थिक आयआर्जनमा मात्र नभइ उनिहरुको परिवारकोशैक्षिक स्तर सामाजिक स्तर लाई समेत अझै सुदृढ बनाउनतर्फ ध्यानदिनुपर्ने बताउनु भयो ।
प्रमुुख अथिति समेत रहेकी नेपालले बित्तिय चेतनामा कमि भई कर्जा समेत दुरुपयोग हुुने गरेकाले बित्तीय साक्षरतालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन सुुझाव दिनुुभयो । उहाँले आगामी दिनमा पनि यस संस्थाले वित्तीय पहुँच कम भएका क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्दै लैजाने पर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै इलाका कार्यालय ठिमीका प्रमुख कृष्ण खनालले संस्थाको हालको अवस्था बताउँदै समाजमा केहि व्यक्तिहरु हात धोएर लघुवित्तको बिरोध गरेपनि त्यसको औचित्य नरहेको बताउनुु भयो । साथै सदस्यहरुलाई कुनै किसिमको हल्लाको पछि नलागि बित्तिय कारोवार चुुस्त दुुरुस्त राख्न समेत आग्रह गर्नुुभयो । साथै संस्थाले हालसम्म गरेको प्रगति तथा भावि रणनितीको बारेमा प्रष्ट पार्दै स्वावलम्बन लघुबित्त वित्तीय संस्थाले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको आर्थिक तथा सामाजिक विकासमा ठुलो योगदान पुु¥याएको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै सिटिजन बैंक देबिघाट शाखाका प्रमुख कृष्ण धितालले र्बैकिङ पहुँच बाहिर ग्रामिण भेगका निरक्षर दिदीबहिनीलाई समेत यस कार्यक्रमले समेटेकाले आर्थिक उन्नतिमा टेवापुगेको बताउनु भएको छ । साथै आगामी दिनमा पनि संस्थाले दुर दराजमा गएर कार्य गर्नुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनि बिकास बैंक देबिघाट शाखाका प्रमुख रमेश कुमार नेपालले यस्ता कार्यक्रमले ग्रामिण भेगका महिलालाई आर्थीक रुपमा मात्र नभई सामाजिक रुपमा समेत बृद्वि र बिकास तर्फ अग्रसर बनाएकाले कार्यक्रम निरन्तर रुपमा अगाडि बढाउनु पर्ने बताउनु भएको छ ।
सहभागी केन्द्र प्रमुखहरु मध्येबाट केन्द्र प्रमुख साबित्रि कार्कीले यस वित्तीय संस्थाले ग्रामिण भेगमा रहेका महिलाहरुलाई लघु उद्यम ब्यवसाय तर्फ उन्मुख गराई वित्तीय पहुचमा महिलाहरुको सहभागिता बढाइरहेको बताउनु भएको छ । उहाँले आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरु आयोजना गरी महिलाहरुको सल्लाह अनुसार ग्राहक केन्द्रित कार्यक्रम बनाउनेमा जोड दिनु भएको छ ।
कार्यलय प्रमुख सुरेन्द्र बिष्टले संस्थाले हालसम्म गरेको प्रगति तथा भावि रणनितीको बारेमा प्रष्ट पार्दै स्वावलम्बन लघुबित्त वित्तीय संस्थाले ग्रामिण क्षेत्रमा रहेका महिलाहरुको आर्थिक तथा सामाजिक विकासमा ठुलो योगदान पुञ्याएको बताउनुभएको छ । उहाँले आगामी दिनमा पनि यस संस्थाले वित्तीय पहँुच कम भएका क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्दै लैजाने बताउनु भयो । साथै संस्थाको स्थापना देखि हाल सम्मको अबस्थाको बारेमा र बचत तथा कर्जाको बारेमा, लघुबित्तको दोहोरोपनाको बारेमा जानकारी गराउदै सहभागिहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रममा प्रथम हुने केन्द्रलाई नगद रु पाँच हजार दितिय हुने केन्द्र लाइ रु चार हजार र त्रितीय हुने केन्द्रलाइ रु तिनहजार सहित प्रमाण पत्रसहित एस इ इ मा उत्कृष्ट अंक ल्याउने ग्राहक सदस्यको छोरा छोरि मध्ये बाट एक जनालाई दशहजार नगद तथा प्रमाण प्रदान गर्नुभएको छ ।