आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘डिग्री माइला’ को ट्रेलरमा शैक्षिक बेरोजगारीको कथा

‘डिग्री माइला’ को ट्रेलरमा शैक्षिक बेरोजगारीको कथा

नागरिक पाटी

९, चैत्र २०८०
  • 3.9K
    SHARES
  • ‘डिग्री माइला’ को ट्रेलरमा शैक्षिक बेरोजगारीको कथा

    रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को ट्रेलर सार्वजनिक भएको छ। ४ मिनेट लामो ट्रेलरले शैक्षिक बेरोजगारीको कथा समेटेको छ।

    images

    मुख्य कलाकार दयाहाङ राई अर्थात माइला पात्रलाई ट्रेलरले पछ्याउँछ। जो डिग्री पास भएपनि बेरोजगार छ र, अरुले भनेको पनि मान्दैन। हास्य रसमा पेस हुने यो फिल्मले ‘किन चाउरियो मरिच, आफ्नै रागले’ लाई आफ्नो कथाको थिम बनाएको छ।

    साथै दयाहाङ र आँचल शर्माको अनस्क्रिन रोमान्स पनि ट्रेलरमा देख्न पाइन्छ। दुबै फिल्ममा प्रेमीप्रेमिकाको रुपमा देखिएका छन्।

    यसै नाममा मण्डला थिएटरले वि।सं २०७१ सालमा दयाहाङकै निर्देशनमा नाटक मञ्चन गरेको थियो। फिल्मको कथा पनि यही नाटकको सेरोफेरोमा हुने बताइएको छ।

    यस फिल्मम फिल्ममा दयाहाङ र आँचलका साथै माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ र प्रकाश घिमिरेको लगायतको अभिनय छ। यो फिल्म नयाँ वर्षको छेकोमा चैत ३० गतेबाट रिलिज हुँदैछ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०८० शुक्रवार - १८:५६:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology