शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै

आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै

नागरिक पाटी

११, चैत्र २०८०
  • 2.9K
    SHARES
  • आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी क्षेत्रमा हर्षोल्लासका साथ मनाइँदै

    आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ ।

    images
    images

    असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने होली रङ्ग र खुशीको पर्व हो । एक अर्कालाई रङ्ग दलेर, नाचगान र खानपिन गरेर मनाइने भएकोले यो पर्वमा खुशी, उमङ्ग र सद्भाव पाइन्छ । होली मनाउनेहरुले यसलाई धार्मिक र साँस्कृतिकसँगै मनोरञ्जनको पर्वको रुपमा पनि लिन्छन् ।

    पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि (सोमबार) मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरकफरक दिन सार्वजनिक बिदा दिएको छ ।


    फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यसपटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।


    तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाइने गरिएको छ ।सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।

    यसैबिच साथीभाइ, आफन्त र प्रियजनहरुसँग रङ्गीन रमाइलो हुने यो पर्व मनाउँदा खुशीका बीच समस्या नआओस भनेर सावधानी पनि अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - ११:२८:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology