आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लगातारको वर्षाका कारण विभिन्न सडकको यात्रा कष्टकर

लगातारको वर्षाका कारण विभिन्न सडकको यात्रा कष्टकर

नागरिक पाटी

१५, चैत्र २०८०
  • 3.7K
    SHARES
  • लगातारको वर्षाका कारण विभिन्न सडकको यात्रा कष्टकर

    धादिङ । लगातारको वर्षाका कारण विभिन्न सडकको यात्रा कष्टकर बनेको छ । सङ्घीय राजधानी काठमाण्डौं जोड्ने नागढुङ्गा–नौविसे –मलेखु–मुग्लिन सडक विस्तारका कारण धेरैजसो ठाउँमा सडक भत्काएर छाडिएकोले पानी परेसँगै हिलाम्य हुने गरेको छ ।

    images

    अहिले धादिङ गल्छी ६ बैरेनीको सडकमा लेदो बगिरहेकोले साना गाडी गुड्न समस्या भएको छ । ठूला गाडी भने चलिरहेका छन् । काठमाण्डौबाट झण्डै १ सय किलोमिटरको दूरीमा रहेको मुग्लिन पुग्नै ७/८ घण्टा लाग्ने गरेको छ ।

    434649632_1590913668362221_6542157467855264565_n.jpg

    यस्तै, भक्तपुरको सूर्यविनायकमा पनि सडक विस्तारका क्रममा खनिएको माटो बगेर सडकसम्म पुग्दा गाडी गुड्न समस्या छ । बनेपामा पनि सडकमै माटो थुप्रिँदा गाडीलाई समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । बीपी राजमार्गको काभ्रे र सिन्धुलीका केही ठाउँमा पनि सडकमै गेग्रान थुपिँदा आवागमन प्रभावित भएको छ ।

    यस्तै,मुग्लिनबाट पोखरा जाने १ सय किलोमिटर बाटो पनि हिँडिसक्नु छैन । पोखरालाई सरकारले पर्यटकीय राजधानी घोषणा गरेको छ, तर बेहाल सडकका कारण पोखरा पुग्नै मुस्किल छ ।

    यस्तै,पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटबल–नारायणगढ १ सय १७ किलोमिटर सडक खनेर छाडेको पाँच वर्ष पुगेको छ । तर सडक अहिले पनि कतै हिलाम्य र कतै धुलैधुलो छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - १२:५७:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology