आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी नगर सहकारी संघद्वारा सहकारी दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

धुनिवेशी नगर सहकारी संघद्वारा सहकारी दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

शिवराज आचार्य

२०, चैत्र २०८०
  • 3.5K
    SHARES
  • धुनिवेशी नगर सहकारी संघद्वारा सहकारी दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम

    धार्के,धादिङ । धादिङको धुनिवेशी नगर सहकारी संघ लिमिटेडद्वारा ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को उपलक्ष्यमा धुनिवेशी ६ धार्केमा प्रभातफेरी कार्यक्रम को आयोजना गरेको छ।

    images

    433862232_1214447429956985_5755640841564648632_n.jpg

    नगरपालिका भित्र रहेका सहकारीहरुको छाता संगठन धुनिवेशी नगर सहकारी संघको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि एवं नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शुभकामना दिनु हुँदै सबै सहकारी एक ढिक्का भएर आफ्ना नागरिकहरूलाई सेवा दिन आग्रह गर्नु भएको छ । उहाँले पछिल्लो समय सहकारीका बिभिन्न नराम्रो कार्यहरु गरेका खबर आइरहेको बेला नगर भित्र रहेका सहकारीले सचेत भएर काम गर्नु पर्ने बताए।

    433941737_1214447259957002_6102863661043709477_n.jpg

    वि.सं. २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनलाई स्मरण गर्दै सहकारी दिवस मनाउने गरिएको बताउँदै धुनिवेशी नगर सहकारी संघले पनि उक्त अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको नगर सहकारी संघका अध्यक्ष बासुदेब बाँस्कोटाले बताएका छन।

    433933771_1214447909956937_2944990322822831929_n.jpg

    नवज्योति बचत तथा ऋण सहकारीका संस्थाका अध्यक्ष अर्जुन आचार्यले सञ्चालन गर्नु भएको कार्यक्रममा नगर प्रमुख बालकृष्ण आचार्य,वडाका वडा अध्यक्ष ,सदस्य , बिभिन्न सहकारीका सञ्चालक तथा शेयर सदस्य, सहकारी कर्मी लगायतको उपस्थिति रहेको थियो।

    434561481_1149556296447385_811974718254239775_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २०, २०८० मंगलवार - १८:५२:१९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology