आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सहकारी ठगी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग

सहकारी ठगी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग

नागरिक पाटी

२४, चैत्र २०८०
  • 2.8K
    SHARES
  • सहकारी ठगी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग

    विवेकशील साझा पार्टीले सहकारी ठगी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको हो ।

    images

    सो पार्टीका प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ स् ‘विवेकशील साझा पार्टी सहकारी ठगी प्रकरणमा संलग्नहरूलाई छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरी दोषीलाई हदै सम्मको कारबाही गर्न र पीडितलाई राहत तथा परिपूरणको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछ।’

    बहालवाला मन्त्रीहरूदेखि राजकीय पदमा आसीन वर्तमान तथा पूर्व पदाधिकारीहरू समेत सामेल विभिन्न सहकारी ठगी प्रकरणमा हजारौँ सर्वसाधारणको अरबौँ रकम अपचलन हुँदा पनि सरकार मौन रहेको भन्दै सो विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

    विवेकशील साझा पार्टीले सरकारमा संलग्न मन्त्रीहरू,पूर्व मन्त्रीहरू, विभिन्न दलका नेताहरूको मिलेमतो र सेटिङमा सर्वसाधारणको अरबौँ रुपैयाँ अपचलन हुनु र पीडितको विल्लिबाँठ हुँदा पनि सरकारले प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही नगर्नु जनमतको अवहेलना र पीडितप्रति अचाक्ली ज्यादती भएको ठहर गरेको छ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २४, २०८० शनिवार - १५:४५:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology