आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब सुध्रौँ र राष्ट्रिय सोच बनाऊँ : पूर्वराजा शाह

अब सुध्रौँ र राष्ट्रिय सोच बनाऊँ : पूर्वराजा शाह

नागरिक पाटी

२४, चैत्र २०८०
  • 2.4K
    SHARES
  • अब सुध्रौँ र राष्ट्रिय सोच बनाऊँ : पूर्वराजा शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पुरानो गौरव फर्काउनका लागि जुट्नुपर्ने आवश्यक्ता रहेको बताउँदै कम्मर कसेर अघि बढ्न अपिल गरेका छन्। शनिबार जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पुगेका पूर्वराजा शाहले कालिकोट, मुगु, हुम्ला, डोल्पाजस्ता जिल्लामा अथाह धन धान्य भए पनि त्यसको सदुपयोग गर्न नसकिएको भन्दै अब जुट्नुपर्ने बेला आएको बताए।

    images

    ‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ, तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ। कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैनरु तर खैरु त्यसैले म भन्छु– अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ, उनले अपिल गर्दै भनेका छन्।

    नयाँ समझदारी, संवाद, वार्तालाप र सर्वपक्षीय सम्मेलनको निष्कर्ष निकाल्नुपर्ने पूर्वराजा शाहको भनाइ छ।

    ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ,’ उनले भनेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र २४, २०८० शनिवार - १६:०६:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology